भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आप्रवासनका क्रममा भण्डै नौ हजारले ज्यान गुमाए

आप्रवासनका क्रममा भण्डै नौ हजारले ज्यान गुमाए

एजेन्सी । आप्रवासनका क्रममा भण्डै नौ हजारले ज्यान गुमाएका छन् । आप्रवासीका लागि गएको वर्ष सबैभन्दा बढि विश्वभर झन्डै नौ हजारले ज्यान गुमाएको
संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार चार सय ५२ जनाको ज्यान गएको आईओएमलाई उद्धित गरी समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका पुग्न चाहने मानिसको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार दुई सय ३३ जनाले ज्यान गुमाएका छन् ।

सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गएको ले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्या असह्य रहेको बताएका छन् ।

सन् २०२४ मा एशियामा दुई हजार सात सय ७८, अफ्रिकामा दुई हजार दुई सय ४२ र युरोपमा दुई सय ३३ जनाको ज्यान गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.