भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नाइजेरियामा ४४ जना सर्वसाधारणको मृत्यु

नाइजेरियामा ४४ जना सर्वसाधारणको मृत्यु

एजेन्सी । नाइजेरियामा ४४ जना सर्वसाधारणको मृत्यु भएको छ । मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जनाको मृत्यु भएको हो ।

आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ । सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएको छ ।

इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समुहहरू वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमाना नजिकको क्षेत्रमा आक्रमण भएको हो ।आक्रमणबाट ज्यान गुमाएकाको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको र अन्य १३ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसो आक्रमण भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.