भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नेपाल र खनालको वैचारिक असहमतिका कारण नेकपा एसको राष्ट्रिय महाधिवेशन अन्योलमा

नेपाल र खनालको वैचारिक असहमतिका कारण नेकपा एसको राष्ट्रिय महाधिवेशन अन्योलमा

काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको वैचारिक असहमतिका कारण नेकपा एसको राष्ट्रिय महाधिवेशन अन्योलमा परेको छ ।

हिजो सोमबारको बैठकमा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोक्न नसकेपछि बैठक आज बोलाइएको छ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा मिति सार्नेबारे छलफल भए पनि मिति अन्योल भएको उपहासचिव जगन्नाथ खतिवडाले बताए । आज ११ बजे बस्ने बैठकले मिति तय गर्ने उनको भनाइ छ।

माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो । पार्टीको जागरण अभियानको सन्देश, जाजरकोट भूकम्प र राष्ट्रियसभाको निर्वाचनका कारण मिति सार्नुपर्ने नेताहरूको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.