भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

विविध कार्यक्रमगरी देशभर आज १० औं विश्व माटो दिवस मनाइँदै

विविध कार्यक्रमगरी देशभर आज १० औं विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । माटो उर्वरा शक्ति र महत्वबारे जनचेतना जगाउन तथा दिगो व्यवस्थापनका लागि डिसेम्बर ५ तारिख दिन विश्व माटो दिवस मनाइन्छ ।

सन् २०१३ डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि माटो दिवस मनाउँदै आएको हो।

मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नारालाई सार्थक पार्न विश्व माटो दिवस मनाउन लागिएका हो । माटो दिवस २०२३’ सो अवसरमा उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने माटो विज्ञान अनुसन्धान केन्द्र काठमाडौका प्रमुख डा श्रीप्रसाद विष्टले बताए ।

नेपाली माटोमा भू–क्षय, अम्लीयपन, माटो बगेर जानु, विषादीको प्रयोगले माटो कडापन हुनु, माटोमा केही मात्रामा प्रदूषण हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु लगायत समस्या रहेको वैज्ञानिकको भनाई छ ।

भू–क्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १ दशमलव ४ एमएम माटोको माथिल्लो सतह बगेर जाने केन्द्रका प्रमुख विष्टले बताए ।

 


Thali Mobile Pvt.Ltd.