भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिस अनपेक्षित : नेपाल बार एसोसिएसन

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिस अनपेक्षित : नेपाल बार एसोसिएसन

काठमाडौँ, २६ बैशाख । नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयलाई अनपेक्षित भनेको छ ।

बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसायका साथ परम्परा विपरीत सिफारिस गरिएको आरोप लगाएको हो ।

विज्ञप्तिमा विश्वव्यापी रूपमा मान्यता प्राप्त शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै सरकारले संवैधानिक परिषद्मार्फत न्यायपालिकामा दीर्घकालीन असर पार्ने प्रयास गरेको उल्लेख गरिएको छ । बारका अनुसार यस्तो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।

नेपाल बार एसोसिएसनले सरकारले अध्यादेश तथा त्यसपछिका कदममार्फत न्यायकर्मीलाई भयभीत बनाउने प्रयास गरेको दाबी पनि गरेको छ ।

प्रशासकीय अदालत, श्रम अदालत, वैदेशिक रोजगार न्यायाधिकरणलगायत निकायमा कार्यरत सदस्यहरूलाई राजीनामा दिन दबाब दिइएको भन्दै बारले त्यसलाई न्यायपालिकाको गरिमा कमजोर पार्ने कार्यको रूपमा व्याख्या गरेको छ ।

बार एसोसिएसनले यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गर्दै न्यायपालिका र कार्यपालिकाबीच अनावश्यक मुठभेडको अवस्था सिर्जना नगर्न चेतावनी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.