भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिस अनपेक्षित : नेपाल बार एसोसिएसन

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिस अनपेक्षित : नेपाल बार एसोसिएसन

काठमाडौँ, २६ बैशाख । नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयलाई अनपेक्षित भनेको छ ।

बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसायका साथ परम्परा विपरीत सिफारिस गरिएको आरोप लगाएको हो ।

विज्ञप्तिमा विश्वव्यापी रूपमा मान्यता प्राप्त शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै सरकारले संवैधानिक परिषद्मार्फत न्यायपालिकामा दीर्घकालीन असर पार्ने प्रयास गरेको उल्लेख गरिएको छ । बारका अनुसार यस्तो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।

नेपाल बार एसोसिएसनले सरकारले अध्यादेश तथा त्यसपछिका कदममार्फत न्यायकर्मीलाई भयभीत बनाउने प्रयास गरेको दाबी पनि गरेको छ ।

प्रशासकीय अदालत, श्रम अदालत, वैदेशिक रोजगार न्यायाधिकरणलगायत निकायमा कार्यरत सदस्यहरूलाई राजीनामा दिन दबाब दिइएको भन्दै बारले त्यसलाई न्यायपालिकाको गरिमा कमजोर पार्ने कार्यको रूपमा व्याख्या गरेको छ ।

बार एसोसिएसनले यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गर्दै न्यायपालिका र कार्यपालिकाबीच अनावश्यक मुठभेडको अवस्था सिर्जना नगर्न चेतावनी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.