भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अमेरिकालाई ८ विकेटले हराउँदै टी–२० आई सिरिज नेपालको कब्जामा

अमेरिकालाई ८ विकेटले हराउँदै टी–२० आई सिरिज नेपालको कब्जामा

काठमाडौं । टी–२० आई सिरिजमा अमेरिकालाई नेपालले क्लीन स्वीप गरेको छ। सोमबार अमेरिकाको डालासमा भएको टी–२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले कब्जा जमाएको हो ।

जितका लागि १५७ रनको लक्ष्य पाएको नेपालले आठ बल बाँकीछंदै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेपालका लागि आशिफ शेखले अर्धसतक प्रहार गरे । उनले ३९ बलमा २ छक्का र ५ चौका प्रहार गरे। यसैगरी अनिल शाहले १३ रनको योगदान गरे।

कुशल मल्ल ४४ रन र कुशल भुर्तेलले ४० रनमा अविजित रहे। मल्लले ३० बलमा १ छक्का र ४ चौका प्रहार गरे। त्यसैगरी भुर्तेलले ३२ बलमा १ छक्का र २ चौका प्रहार गरे। अमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले १–१ विकेट लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.