भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सरकारले पठायो थप एक अध्यादेश, संख्या ७ पुग्यो

सरकारले पठायो थप एक अध्यादेश, संख्या ७ पुग्यो

काठमाडौँ, १७ वैशाख ।सरकारले थप एक अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । गएराति पठाइएको यस अध्यादेशसँगै हालसम्म सरकारले तयार पारेका अध्यादेशको संख्या ७ पुगेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन तथा नियुक्तिसम्बन्धी रहेको छ । यसअघि राष्ट्रपति कार्यालय पुगेका अध्यादेशमा संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय, केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारी पदमुक्ति तथा सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी विषय समेटिएका छन् ।

अध्यादेशबारे थप अध्ययन र राय लिन राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ४ बजे शीतलनिवासमा केही कानुनविद्हरूसँग छलफल गर्ने भएका छन् । यसले अध्यादेशको वैधानिकता र प्रक्रियामाथि थप बहस हुने संकेत देखिएको छ । संसद अधिवेशन रोकिएको अवस्थामा अध्यादेश ल्याइएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका छन् । उनीहरूले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न आग्रह गरिसकेका छन् ।

यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले पनि दुईतिहाइ नजिकको सरकारबाट अध्यादेश ल्याउनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.