भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

इरानको तीनबुँदे प्रस्ताव अस्वीकार, प्रस्तावित इस्लामाबाद वार्ता रद्द

इरानको तीनबुँदे प्रस्ताव अस्वीकार, प्रस्तावित इस्लामाबाद वार्ता रद्द

काठमाडौँ, १७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्तुत गरेको तीनबुँदे प्रस्ताव अस्वीकार गरेका छन् । यस निर्णयसँगै इस्लामाबादमा तय गरिएको प्रस्तावित वार्ता रद्द भएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार इरानले आणविक कार्यक्रमसम्बन्धी वार्तालाई पछि सार्न खोजेको छ, जुन अमेरिकाका लागि प्रमुख प्राथमिकताको विषय हो । ट्रम्प प्रशासनले कुनै पनि स्थायी सम्झौतामा आणविक मुद्दालाई केन्द्रमा राख्नुपर्ने अडान दोहोर्‍याएको छ ।

इरानको प्रस्तावमा युद्ध अन्त्य, नाकाबन्दी हटाउने र विवादित विषयहरू पछि छलफल गर्ने उल्लेख गरिएको छ । साथै अमेरिका–इजरायलले हमला नगर्ने ग्यारेन्टी दिने, नौसैनिक नाकाबन्दी हटाउने र होर्मुजलगायत प्रमुख मार्ग खुला गर्ने विषय पनि समेटिएका छन् । तर अमेरिकाले यी सर्तहरूले मूल माग पूरा नगर्ने ठहर गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई आणविक हतियार बनाउनबाट पूर्ण रूपमा रोक्ने प्रतिबद्धता बिना कुनै सम्झौता सम्भव नभएको बताएका छन् । यस गतिरोधले पश्चिम एसियामा कूटनीतिक सम्भावना कमजोर बनाएको छ भने तेल आपूर्ति अवरुद्ध भई ‘ब्रेन्ट क्रुड’को मूल्य वृद्धि हुँदै विश्व बजारमा असर देखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.