भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन

सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन

मुख्य  बुँदा

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बाहिरियो ।

मनसुन असोज १७ गतेदेखि बाहिरिन सुरु भएको थियो ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।

यस वर्ष सरदर समयभन्दा १२ दिन ढिलो मनसुन बाहिरिएको छ ।

मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले मौसमको सूचना लिन आग्रह गरिएको छ ।

काठमाडौँ, २८ असाेज । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट बाहिरिएको हो ।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो । सुरुमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका केही स्थानबाट मनसुन बाहिरिएको थियो ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते आसपास भए पनि यस वर्ष सरदर समयभन्दा १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले मौसममा परिवर्तन आउन सक्ने विभागले जनाएको छ । त्यसैले पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.