भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल आयल निगमको निर्णय अनुसार ७ दशमलव १ किलो एलपी ग्याससहितको सिलिन्डर ९५५ रुपैयाँमा बिक्री हुने

नेपाल आयल निगमको निर्णय अनुसार ७ दशमलव १ किलो एलपी ग्याससहितको सिलिन्डर ९५५ रुपैयाँमा बिक्री हुने

काठमाडौं, २९ फागुन । अबदेखि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७ दशमलव १ किलो एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।

निगमका अनुसार नियमित रूपमा मागअनुसार एलपी ग्यासको आयात तथा वितरण भइरहेको भए पनि पछिल्ला दुईदेखि तीन महिनायता ग्यासको माग अस्वाभाविक रूपमा बढेको छ। साथै मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परेको निगमले जनाएको छ।

ग्यास आपूर्ति व्यवस्थापन गर्न निगमले सीमित परिमाणमा मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आवश्यक परिमाणमा मात्रै खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। यसका साथै खाना पकाउने ग्यासको सट्टा सम्भव भएसम्म बिजुलीको प्रयोग बढाउन पनि अनुरोध गरिएको छ।

निगमले मासिक एक सिलिन्डर ग्यास खपत हुने अवस्थामा अनावश्यक रूपमा थप सिलिन्डर नभर्न र ग्यास भण्डारण नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.