भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

औषधि व्यवस्था विभागद्वारा एकैपटक ५ हजारभन्दा बढी फार्मेसीको दर्ता खारेज

औषधि व्यवस्था विभागद्वारा एकैपटक ५ हजारभन्दा बढी फार्मेसीको दर्ता खारेज

मुख्य बुँदाहरू

औषधि व्यवस्था विभागद्वारा ५,३०२ फार्मेसीको दर्ता खारेज।

नवीकरण नगरेका कारण प्रमाणपत्र स्वतः रद्द।

अब ती फार्मेसी कानूनी रूपमा सञ्चालन गर्न अयोग्य।

देशभर फार्मेसी संख्या २६,३०० बाट घटेर २०,९९८ मा झर्‍यो।

सञ्चालकलाई प्रमाणपत्र यकिन गरी नवीकरण गर्न आग्रह।

विभागले विस्तृत सूची सार्वजनिक गरिसकेको छ।

काठमाडौं, ३ जेठ । औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३ सय २ औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ। तोकिएको समयसीमाभित्र नवीकरण नगरेका कारण ती फार्मेसीहरूको सञ्चालन प्रमाणपत्र स्वतः रद्द गरिएको विभागले जनाएको छ।

विभागका अनुसार कानूनी प्रावधानअनुसार समयमै नवीकरण नगर्ने अनुज्ञापत्र, सिफारिसपत्र तथा सम्बन्धित प्रमाणपत्र स्वतः अमान्य हुने व्यवस्था लागू गरिएको हो। सोही आधारमा यो निर्णय कार्यान्वयन गरिएको विभागले स्पष्ट पारेको छ।

दर्ता खारेजसँगै ती फार्मेसीहरू अब कानूनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन्। हाल देशभर करिब २६ हजार ३ सय फार्मेसी सञ्चालनमा रहेकामा पछिल्लो निर्णयपछि यो संख्या घटेर २० हजार ९ सय ९८ मा पुगेको छ।

विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै भविष्यमा औषधि बिक्री–वितरण गर्दा कानूनी प्रावधान र विभागीय निर्देशन पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ।

विभागले गत जेठ २८ सम्म नवीकरण म्याद समाप्त भई स्वतः खारेज भएका फार्मेसीहरूको विस्तृत सूची समेत सार्वजनिक गरिसकेको छ।

 


Thali Mobile Pvt.Ltd.