भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडाैं, २८ जेठ । आज देशका विभिन्न प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ । साथै देशका विभिन्न प्रदेशका पहाडी र तराई भू–भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा हिमपातको सम्भावना पनि रहेको छ । मौसम विभागले भोलि र पर्सि पनि देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर वर्षा भइरहेसँगै गर्मी घट्दै गएको छ । हिजोसम्म सुदूरपश्चिम तराईमा तातो मौसम रहे पनि वर्षापछि तापक्रम घटेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबका केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.