भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलो फोहोर संकलन

सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियानबाट यस वर्ष ११ हजार किलो फोहोर संकलन गरेको छ। गत चैत २९ गतेदेखि सुरू भएको सफा हिमाल अभियान, २०२४ जेठ २३ गते सम्पन्न भएको हो।

यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफाइ गरेको थियो। यी हिमालबाट १० हजार किलो फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिएको थियो।
त्यस लक्ष्य अनुसार ११ हजार किलो फोहोर, ४ वटा शव र एक मानव अस्थिपञ्जर संकलन भएको नेपाली सेनाको जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संकलन गरिएका फोहोरहरूमध्ये २ हजार २२६ किलो फोहोर कुहिने खालका थिए। त्यसैगरी नकुहिने फोहोर ८ हजार ७७४ किलो थियो। सफाइका लागि १२ जना सैनिक र एक जना शर्पासहित १३ जनाको टोली गएको थियो।मानव शव तथा अस्थिपञ्जरहरू नेपाली सेनाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाउने गरेको छ।

सन् २०१९ देखि सुरू भएको यो अभियान यस वर्षको अभियान पाँचौं संस्करण रहेको निर्देशनालयले जनाएको छ।

 

 

 


Thali Mobile Pvt.Ltd.