भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्रधानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइन्

प्रधानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइन्

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएकी छन् । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो जानकारी दिइन् । उनले यो विषयमा नेपाल राष्ट्र बैंकसँग परामर्श गरी आवश्यक प्रक्रिया अघि बढाउने समेत बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार नेपाल संवत विशेषगरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि यो राष्ट्रकै मौलिक संवत हो । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारी थिए, जसले नाफा कमाउने मात्र नभई समाजसेवा र लोककल्याणमा महत्वपूर्ण योगदान दिएका थिए । उनी एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएका थिए । ११४६ वर्षअघि राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण मोचन गरी जनतालाई ऋणको भारबाट मुक्त गर्ने ऐतिहासिक निर्णय लिए । यस दिनलाई नै नेपाल संवतको शुभारम्भको आधार मानिन्छ ।

विं.सं ९३६ मा नेपाल संवतको थालनी गरिएको थियो । नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व अत्यन्त उच्च छ । यो संवत लोकस्तरबाट उत्पत्ति भएको र लोक विरासत बोकेको संवत हो ।

प्रधानमन्त्री कार्कीले सरकारले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर यसको प्रवद्र्धन र व्यवहारिक कार्यान्वयनमा तत्परता देखाएको बताइन् । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःलाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने नेपाल संवतलाई वि.सं २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.