भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्रम्पको भनाइः इजरायलले वेस्ट बैंकमा केही गर्ने छैन

ट्रम्पको भनाइः इजरायलले वेस्ट बैंकमा केही गर्ने छैन

काठमाडौं,  ७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमा कुनै पनि कदम चाल्न नदिने स्पष्ट बताएका छन् । उनले भनेका छन्, “वेस्ट बैंकको चिन्ता नगर्नुस्, इजरायलले त्यहाँ केही गर्ने छैन ।”

ट्रम्पको यो अभिव्यक्ति इजरायली संसद्ले वेस्ट बैंकमाथि इजरायली कानुन लागू गर्ने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएपछि आएको हो । यो कदमलाई वेस्ट बैंकलाई इजरायलमा गाभ्ने सुरुवातका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि ट्रम्पको नीति दोहोर्‍याउँदै भने, “यदि यो राजनीतिक स्टन्ट हो भने यो मूर्खतापूर्ण कदम हो । राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई इजरायलमा मिलाउने पक्षमा हुनुहुन्न ।”

त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रूबियोले भनेका छन्, “वेस्ट बैंक गाभ्ने इजरायलको कदमले ट्रम्पको गाजा युद्ध अन्त्य गर्न बनाइएको शान्ति योजनामा गम्भीर असर पुर्‍याउन सक्छ ।”

वेस्ट बैंक के हो?

वेस्ट बैंक मध्यपूर्वको एउटा विवादित भूभाग हो, जुन इजरायल र जोर्डन बीच अवस्थित छ । जोर्डन नदीको पश्चिम किनारमा रहेकोले यसलाई “वेस्ट बैंक” भनिन्छ । यो क्षेत्र करिब ५ हजार ६४० वर्ग किलोमिटरमा फैलिएको छ, जहाँ करिब ३० लाख प्यालेस्टिनीहरू बसोबास गर्छन् । यहाँ रामल्लाह,  हेब्रोन,  बेथलेहेम,  नब्लस र जेरिकोजस्ता सहरहरू पर्दछन् ।

स्राेतः BBC

 

वेस्ट बैंकलाई प्यालेस्टिनीहरूले आफ्नो भूमि मान्छन्, तर इजरायलले १९६७ को युद्धपछि यस क्षेत्रमा नियन्त्रण कायम राख्दै आएको छ । यसपछि इजरायलले यहाँ यहूदी बस्तीहरू निर्माण गरेको छ, जुन अन्तर्राष्ट्रिय रूपमा विवादास्पद मानिन्छ । 

 


Thali Mobile Pvt.Ltd.