भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

लुम्बिनीमा मतदान सकियो, अब मत गणना हुँदै

लुम्बिनीमा मतदान सकियो, अब मत गणना हुँदै

दाङ । राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३ सय ५ मतदाता रहेको लुम्बिनी प्रदेशमा ३०३ मत खसेको र बाँकी दुई जना अनुपस्थित रहेको जनाइएको छ ।

मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको छ ।

मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देही मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो ।

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमूख गरि ३०५ मतदाता रहेका थिए । ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

अहिले मुचुल्काको काम भैरहेको छ । ३ बजेपछि मत गणनाको काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.