भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपनिर्वाचनमा रास्वपाले कहाँ कहाँ दियो उम्मेदवारी

उपनिर्वाचनमा रास्वपाले कहाँ कहाँ दियो उम्मेदवारी

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएको छैन । रास्वपाले कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा उम्मेदवारी नदिएको हो ।

ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । यसैगरी कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले उम्मेदवारी दर्ता गराएको छैन । कीर्तिपुरको मेयर पदका लागि नगर सभापति जयराम कार्कीको नाम सिफारिस हुँदा पनि रास्वपाले उम्मेदवारी दिएन ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ र १ का अध्यक्ष, रौतहटको इशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ तथा गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदमा पनि रास्वपा उम्मेदवारविहीन छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष र दार्चुलाको दुहुँ गाउँपालिका ५ को वडाध्यक्ष पदमा पनि रास्वपाले उम्मेदवारी दिएको छैन ।

निर्वाचन आयोगका अनुसार, उपचुनाव हुने गाउँपालिका(नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै गाउँपालिका(नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी परेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.