क्षेप्यास्त्र प्रयोग माथिको प्रतिबन्ध फुकुवा, रुसमाथि युक्रेनले आक्रमण गर्न सक्ने

क्षेप्यास्त्र प्रयोग माथिको प्रतिबन्ध फुकुवा, रुसमाथि युक्रेनले आक्रमण गर्न सक्ने

एजेन्सी । अमेरिकाले रुसमा आक्रमण गर्न युक्रेनलाई स्वीकृति दिएको छ । युक्रेनलाई उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गर्न अमेरिकाले युक्रेनलाई स्वीकृति दिएको हो ।

महिनौंदेखि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकालाई लामो दुरीको क्षेप्यास्त्र प्रयोग माथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएकोमा अमेरिकाले उक्त प्रतिबन्ध फुकुवा गर्दै आक्रमणको अनुमति दिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदम अमेरिकी नीतिको ठूलो परिवर्तन भएको पुष्टि गर्दै लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको हो ।

युक्रेनको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अमेरिकाले दिएको आक्रमणको यो स्वीकृतिको स्वागत गरेको छ । अमेरिको अनुमतिसँगै यु्क्रेनले रुसमा आक्रमणको नयाँ स्वरुप तयार पारेको छ । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि पश्चिमी राष्ट्रहरूलाई यस्तो कदमको विरुद्धमा चेतावनी दिँदै आउनुभएको थियो ।

पुटिनले अमेरिकाको यो निर्णयलगत्तै आफनो भनाइ सार्वजनिक गर्दै पश्चिमा राष्ट्रहरुलाई यसप्रकारको निर्णयले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.