भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

यस्तो छ उपनिर्वाचनको मतपत्र

यस्तो छ उपनिर्वाचनको मतपत्र

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । मतपत्रसहितका निर्वाचन सामग्री जिल्लामा पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बइन् । २ लाख ५९ हजार मतपत्र छापिएको छ । मतपत्र छाप्ने काम शनिबार सम्पन्न भएको आयोगले जनाएको छ ।

उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको छ । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् । सेतो रङको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक फरक छन् ।

कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् । सबैभन्दा माथिल्लो लहरमा क्रमशः नेकपा एमालेको, नेपाली कांग्रेसको, माओवादी केन्द्रको र राप्रपाका चुनाव चिह्न छन् । सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षको चुनावको लागि तयार पारिएको मतपत्रमा छन् । त्यहाँ माओवादी र एमाले(काग्रेस गठबन्धनको मात्रै प्रतिस्पर्धामा भएकोले दुईवटा चिह्नमात्रै छन् ।

त्यहाँको मतपत्रमा रुख र हसियाँ हथौडा चिह्नमात्रै छ । कांग्रेससँग तालमेल गरेको एमाले रुख चिह्नमा चुनाव लडेको छ । ४१ पदका लागि ३७६ जना उम्मेदवार उपनिर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.