भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

युके युनिभर्सिटीबाट ग्रेजुएट नेपाल फर्किएका विद्यार्थीलाई बिज एजुकेशन २०८१ द्धारा सम्मान

युके युनिभर्सिटीबाट ग्रेजुएट नेपाल फर्किएका विद्यार्थीलाई बिज एजुकेशन २०८१ द्धारा सम्मान

भक्तपुर । बेलायतको युके युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपाल फर्किएका विद्यार्थीहरुलाई राजधानीमा एक समारोहका बीच सम्मान गरिएको छ । उच्च शिक्षाका लागि विदेश गएर अध्ययन गरि नेपालमै भविष्य देखेका टप ग्रेजुएट विद्यार्थीलाई बिज एजुकेशनले सम्मान गरेको हो । युनिर्भसिटि अफ सेन्ट्रल लंकाशायर र डाइरेक्टर उसिलानलाई सम्मान गर्नुहुदै बिज एजुकेशनका प्रबन्ध निर्देशक हरि कार्कीले विदेशमा सिकेको सिप र मेहनत अब स्वदेशमा फर्केर समाजमा आफ्नो दक्षता तथा क्षमता प्रदर्शन गर्नु पर्ने बताउँनु भयो ।

विद्यार्थीले अब समाजमा व्यवसायीक दक्षता समेत देखाउनु पर्ने चुनौती रहेको धारणा राख्नु भयो । कार्यक्रममा समाजमा सकारात्मक भूमिका खेलिरहेको स्मरण गर्दै बिज एजुकेशनले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गर्नु भयो । भविष्यको राम्रो सपना बुनेर विदेश पढ्न जाने विद्यार्थीको लर्को लागिरहेकै बेला युके युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपाल फर्किएका र नेपालमै भविष्य सिंगार्न खोजेका विद्यार्थीलाई सम्मान गरिएको हो ।

संस्कृति, शिक्षा, रोजगारीका अवसरहरूका लागि युके नेपाली विद्यार्थीहरूको लागि बेलायत गन्तव्य भएको उहाँको भनाइ छ । सम्मान कार्यक्रममा नेपाली विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न गन्तव्य छनोट गर्दा विचार गर्नुपर्ने मुख्य विषयका बारेमा रेखा नेगी लामाले प्रकाश पार्नु भयो । विद्यार्थीहरूलाई सम्मान गदैअन्तर्राष्ट्रिय निर्देशक उला ताङ प्लोमामले किन नेपालका धेरैजसो विद्यार्थीको अध्ययन क्षेत्रको रूपमा व्यवसाय वा व्यवस्थापन पाठ्यक्रम छनौट गर्ने भन्ने विषयमा झुकाव दिनु भयो ।

करियरको लचिलोपन, सीपका लागि विश्वव्यापी माग बढेको उहाँको भनाइ छ । नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति र उच्च उपलब्धि हासिल गर्न छात्रवृत्तिको सन्दर्भमा समेत बिज एजुकेशनले सहजीकरण गरिरहेको उला ताङको भनाइ छ । कार्यक्रममा सहभागिले स्नातक पछि नेपाली विद्यार्थीहरूको लागि करियर विकल्पहरू के छन्,

विशेष गरी व्यवसाय, स्वास्थ्य, आईटी, कम्प्युटर विज्ञान र इन्जिनियरिङ जस्ता क्षेत्रमा विश्वविद्यालयहरूले कसरी विद्यार्थीहरूलाई रोजगारी बजारको लागि तयार गर्न मद्दत गर्छन् भन्ने विषयमा सवाल उठाएका थिए । जवाफमा आयोजकले विदेशमा विद्यार्थी पठाउने मात्र नभैइ विदेशबाट नेपाल फर्किएपछि आफ्नो सिप, क्षमता, दक्षतालाई व्यवसायमा रुपान्त्रण गर्न र समाजमा उत्तरदायि बहन गर्न समेत मदत पु¥याएको बताए । बिज एजुकेशनले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.