भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कीर्तिपुर र काठमाडौंमा आयोगको अनुगमन टोली

कीर्तिपुर र काठमाडौंमा आयोगको अनुगमन टोली

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा निर्वाचन आयोगले आचारसंहिता अनुगमन टोली खटाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो ।

चुनाव प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना गरे नरेको अनुगमनका लागि अनुगमन टोली खटाएको हो । कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी खटिएका छन् भने

काठमाडौं १६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र एसपी सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले बताइन् । आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्था अनुसार उम्मेदवारी रद्द गर्ने चेतावनीसमेत आयोगले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.