भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

महाबुमा महाटक्कर सबै दलले जित्ने दावी

महाबुमा महाटक्कर सबै दलले जित्ने दावी

दैलेख । महाबु गाउँपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा, रास्वपा लगायत दलहरु अध्यक्ष पदको महाभिडन्तमा मिसिएका छन् । पालिका उपचुनावमा अध्यक्ष पदको नतिजा आफ्नो पक्षमा आउने विश्वासमा एकीकृत समाजवादीदेखि राप्रपासम्म जुटेका छन् ।

पुराना घटकहरुका बीच नयाँ उदाएको रास्वपा पनि जित निकाल्ने दाउमा जुटेको छ । कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर, नेमकिपाका दुर्गबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेकपा (एकीकृत समाजवादी) जगतबहादुर हमाल, राप्रपाका सुर्जे रावत उम्मेदवार छन् ।

चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरुले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्रमा दौडाएका छन् । पार्टीभित्र भएका गुट उपगुट पनि अहिले मिलेर गएका छन् । २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर निर्वाचित भएका माघमा हृदयघातका कारणले मृत्यु भएपछि निर्वाचन हुदैछ ।

 


Thali Mobile Pvt.Ltd.