भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

इरानका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन उग्र

इरानका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन उग्र

एजेन्सी । इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा सरकारविरोधी प्रदर्शन तीव्र बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारवादी संस्थाहरूले दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले बढ्दो महँगी, बेरोजगारी र राजनीतिक दमनको विरोध गर्दै सडकमा उत्रिएका हुन् । यद्यपि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधार र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूले शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घटनाक्रमप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जालमा “चाँडै” भन्ने छोटो तर रहस्यमयी सन्देश लेख्दै इरानी सरकारलाई चेतावनी दिएका छन् । ट्रम्पले इरानी सरकारले नागरिकको हत्या जारी राखेमा अमेरिकाले कडा कदम चाल्ने बताएका छन् ।

उता, तेहरानले भने अमेरिका र इजरायलले इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानी अधिकारीहरूले अमेरिकी सैन्य आधार इलाकाहरूलाई समेत निशाना बनाउन सक्ने बताएका छन् ।

मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र हिंसा रोक्न दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.