भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन उग्र

इरानका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन उग्र

एजेन्सी । इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा सरकारविरोधी प्रदर्शन तीव्र बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारवादी संस्थाहरूले दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले बढ्दो महँगी, बेरोजगारी र राजनीतिक दमनको विरोध गर्दै सडकमा उत्रिएका हुन् । यद्यपि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधार र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूले शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घटनाक्रमप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जालमा “चाँडै” भन्ने छोटो तर रहस्यमयी सन्देश लेख्दै इरानी सरकारलाई चेतावनी दिएका छन् । ट्रम्पले इरानी सरकारले नागरिकको हत्या जारी राखेमा अमेरिकाले कडा कदम चाल्ने बताएका छन् ।

उता, तेहरानले भने अमेरिका र इजरायलले इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानी अधिकारीहरूले अमेरिकी सैन्य आधार इलाकाहरूलाई समेत निशाना बनाउन सक्ने बताएका छन् ।

मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र हिंसा रोक्न दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.