भक्तपुरको खौमाटोलस्थित एक घरको भित्ता पैसाले भरिएको छ भन्दा अच्चम लाग्ला तर, यस्तै छ यथार्थ । करिब ८/९ वर्ष देखि किसान परिवारका एक जनाले आफ्नो घरको भित्ता भरी स्वदेशी तथा विदेशी नोटले भरेका छन् । पैसाको सौखिन व्यक्ति हुन सुरेश कायस्थ । उनी बस्ने घरको भित्ताभरी जता हेर्यो उतै पैसै पसा नजर आउँछ । उनी भन्छन्, ‘जीवनमा कुनै मूल्य त हुनुपर्यो नि समाजमा स्थापित हुने ।’ यो कसरी सम्भव भयो ? यसैविषयमा कैलाश खबरका विनोद विकले लिएको अन्तरवार्ता जस्ताको त्यस्तैः सम्पादक
पात्रः सुरेशभक्त कायस्थ
प्रश्नः विनाेद विश्वकर्मा/हरिसुन्दर छुँका
टाइपः रचना बयलकोटी
सम्पादनः रक्तिम दैलेखी
हजुरको परिचय
मेरो नाम सुरेश भक्त कायस्थ हो । म खौमाटोल दरबार स्वायर क्षेत्रमा बस्छु ।
घरको भित्ता भरी पैसै पैसा छ किन ?
लकडाउनमा काम केही नभएर खाली भएको थिए । त्यही भएर भित्तामा पैसा टासेको हुँ । खासमा मैल भित्तामा रङ्ग राख्न खोजेको थिँए । यसो विचार गर्दा रङ्ग राख्यो भने पैसा खर्च हुन्छ । बरु भएको पैसा भित्तामा टास्यो भने त भोलि काम आउँछ । साथमा कसैले नगरेको काम गरौ भन्ने विचार आयो त्यही भएर टागेको हो । मैले काम गर्ने बेलामा सकभर कसैले नगरेको काम गर्ने प्रयास गर्छु । सफल असफल आफ्नो कुरा हो ।
अनि यहाँ त नोटहरु भन्दा सिक्काहरु पनि छन् त ?
नेपाली पैसा थुप्रै छ । त्यसमा नयाँ पुराना पैसा छ । यहाँ श्रीपेच भएको पैसा पनि छ । नभएको पैसा पनि छ । सिक्काहरुका साथै विदेशी पैसाहरु पनि छन् । म विदेश २/४ वटा देश गएर अलि अलि विदेशी पैसा पनि जम्मा गरेको हुँ । खर्च गरेर बचेको बाँकी पैसा भनौंन । कुनै पहिला होटल गर्दाको पैसा पनि राखेको छु । सिक्काहरु पनि धेरै छ मसँग । विदेशी, नेपाली दुवै छ ।
पुरानो रुपयाँ कसरी संकलन गर्नुभयो ?
नोट संकलन गर्ने सोख मलाई पहिलादेखि नै थियो । जसका कारण अलि अलि थुपारेर राख्ने रुची पुरा भयो । बुबाले पनि जम्मा गरेर राख्नु भएको पैसा यसमा टासेका छु । बुबा आमाको ढुकुटी नै खोलेर राखेको त होइन । मैसँग भएको पैसा हो यो ।
यसलाई पैसा सुरक्षित गर्ने नयाँ उपाय हो भन्दा हुन्छ ?
प्याक गरेर राख्नु पर्छ भन्ने लागेको थियो । तर भित्तामा टासेको पैसा फेरि किन राख्नु पर्यो भनेर सोचे अनि यस्तै टास्दै गएँ । यो निकाल्यो भने भित्तामा रङ्ग राख्नु पर्यो । बेकारमा पैसा किन खर्च गर्नु बरु यो पैसा त्यत्तिकै राख्यो भने काम लाग्ला नि भनेर ननिकालेको । मेरो पैसा मेरै घरमा राखौंन भन्ने लाग्यो । फरी यस्तो पैसाको सावा व्याज केहि आउदैन । यहाँ तल सानो गरगहनाहरुको पसल राख्न लागेको छु । त्यही पसलको साथमा भित्रपटि सानो संह्रालय पनि खोल्ने विचार छु ।
पैसाको संह्रालय ?
हो । सोच त्यहाँसम्मको छ । ठूलो नहोला त्यो चाहिँ बेग्लै कुरा हो । तर संह्रालय खोलेरै छोड्छु ।
भित्तामा टास्नुभएको पैसा हेर्न त पाइयो तर, यसको सुरक्षा त भएन नि ?
मेरो यो कोठामा श्रीमती, छोरा र म बाहेक कोही आउँदैनन् । कोही अरु आफन्त आए पनि मेरो कोठाभित्र हत्तपत्त आउदैँनन् । तानेर निकाल्दा पैसा बिग्रिन्छ । तर अलिकति पनि नबिगारी निकाल्ने उपाय पनि मसँग छ । कोरोना कालको लकडाउने यसरी पैसा भित्तामा राख्न सिकायो । त्यो बेला र अहिले आउदाँ आफुले ठिकै गरे जस्तो लाग्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…
नराखे नि हुन्थ्यो जस्तो लाग्दैन ?
यो एकदम राम्रो हो भन्ने लाग्छ । किन कि यो पैसा निकाल्दा धेरै समय लाग्छ । समय जान्छ, फेरि रङ्ग राख्नुपर्यो त्यसैले त्यो पैसा बच्यो । पैसा निकाल्यो भने खर्च भएर जान्छ । यहाँ भएपछि निकालेर खर्च गर्न पनि त दुई पटक सोच्नु पर्ने भयो नि ।
सबैले पैसा बैंकमा राख्छन् नि ?
सहकारीमा राखे सहकारी धाउनुपर्ने अवस्था हुन्छ । बैंकमा राखे कहिले डुब्छ थाहा हुन्न । मेरो पैसा म आफैसँग राख्छु । बैंकमा राखेको १,२ लाख होला । त्यो घरमा खर्च हो । व्याजको लोभमा बसेर पछि किन पछुताउने ? मेरो आफ्नो दृष्टिकोणमा यही सही लाग्यो ।
कुन कुन समयदेखि तपाईंले यसरी पैसा राख्नु भयो ?
लकडाउनमा पैसा संकलन गरे । त्यो बेला एक महिना यसमा लाग्यो । त्यसपछि निरन्तर लागेको छु । विभिन्न देशको पैसा छ । कुन समयको हो भन्ने कुरा त्यसैमा लेखेको छ । राजाको पालाका पैसाहरु विशेषगरी राखेको छु । यो मेरो व्यापार होइन, रहर मात्र हो । यसको बारेमा मैले अध्ययन गरेको छैन । जे होस् आफुलाई चित्त बुझेको पैसा सुरक्षित राखेको छु ।
यो तपाईँको पूर्खाले संग्रह गरेर राखेको पैसा हो ?
पूर्खाले संग्रह गरेर राखेको त होइन । यो मेरो आफ्नै रहरले संकलन गरेर राखेको चाहीँ हो ।
यसबाट तपाईंलाई के फाइदा भयो ?
यसको फाइदा भनेको मेरो आत्मसन्तुष्टि हो । यसबाट मेरो मनलाई आनन्द आयो । पैसा हेर्न पायो भनेर होइन, आफ्नो रहर पुरा गरे । जे होस् अहिले एउटा इतिहास बनेको छ । राजाहरुको पालाको पैसा संकलन भएको छ । मैले सुनेको छालाको पैसा, माटोको पैसा त्यसको पनि खोजीमा छु । त्यो कहाँ लिन जानु ? जे होस् मलाई थाहा नभएका, आजभोलिका बच्चालाई थाहा नभएका पैसाहरु पनि संग्रहित छन् ।
उदेश्य के हो ?
हेर्न रहर भएका मान्छेले हेरुन, देखुन् भन्ने चाहना हो ।
भावि योजना ?
यदि कसैले पैसा प्रदर्शनी आयोजना गर्यो भने त्यस प्रदर्शनीमा भाग लिने योजना छ । यो अहिलेसम्म भएको छैन । त्यस्तो नभएपनि आफ्नै सानु संग्राहालय बनाउँदै छु । हेर्न आउँनेले सहजै हेर्न पाउन् ।
राम्रो कामको लागि यहाँलाई धन्यवाद ।
यहाँलाई पनि धन्यवाद । मेरो सानो प्रयासलाई मिडियामा ल्याइदिएकोमा विशेष धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके उनीहरुको भविष्य उज्ज्वल हुने बताउँनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा...
सिड्नी । अष्ट्रेलियामा नेपाली व्यवसायी सम्मानीत भएका छन् । सिड्नीका युवा उद्यमी तथा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) सम्मानीत भएका हुन । उनलाई न्यू साउथ वेल्स राज्य सरकारले विशेष...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको छ । लाइन काटे पनि सरकारको दबाबमा जोडिएको थियो । गएको आइतवार आयोगमा पठाएको पत्रमा प्राधिकरणले बक्यौता...
काठमाडौं । अभाव भए सरकारले ठोस कदम चाल्ने चेतावनी दिएको छ । बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चालने चेतावनी दिएको हो । कसैले ग्यास...