भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता |

घरको भित्तामा पैसै पैसाः सुरेश भन्छन्, ‘पैसाको भित्ता भोलि काम आउँछ ।’

घरको भित्तामा पैसै पैसाः सुरेश भन्छन्, ‘पैसाको भित्ता भोलि काम आउँछ ।’

भक्तपुरको खौमाटोलस्थित एक घरको भित्ता पैसाले भरिएको छ भन्दा अच्चम लाग्ला तर, यस्तै छ यथार्थ । करिब ८/९ वर्ष देखि किसान परिवारका एक जनाले आफ्नो घरको भित्ता भरी स्वदेशी तथा विदेशी नोटले भरेका छन् । पैसाको सौखिन व्यक्ति हुन सुरेश कायस्थ । उनी बस्ने घरको भित्ताभरी जता हेर्‍यो उतै पैसै पसा नजर आउँछ । उनी भन्छन्, ‘जीवनमा कुनै मूल्य त हुनुपर्‍यो नि समाजमा स्थापित हुने ।’ यो कसरी सम्भव भयो ? यसैविषयमा कैलाश खबरका विनोद विकले लिएको अन्तरवार्ता जस्ताको त्यस्तैः सम्पादक

पात्रः सुरेशभक्त कायस्थ
प्रश्नः विनाेद विश्वकर्मा/हरिसुन्दर छुँका
टाइपः रचना बयलकोटी
सम्पादनः रक्तिम दैलेखी

हजुरको परिचय
मेरो नाम सुरेश भक्त कायस्थ हो । म खौमाटोल दरबार स्वायर क्षेत्रमा बस्छु ।

घरको भित्ता भरी पैसै पैसा छ किन ?
लकडाउनमा काम केही नभएर खाली भएको थिए । त्यही भएर भित्तामा पैसा टासेको हुँ । खासमा मैल भित्तामा रङ्ग राख्न खोजेको थिँए । यसो विचार गर्दा रङ्ग राख्यो भने पैसा खर्च हुन्छ । बरु भएको पैसा भित्तामा टास्यो भने त भोलि काम आउँछ । साथमा कसैले नगरेको काम गरौ भन्ने विचार आयो त्यही भएर टागेको हो । मैले काम गर्ने बेलामा सकभर कसैले नगरेको काम गर्ने प्रयास गर्छु । सफल असफल आफ्नो कुरा हो ।

अनि यहाँ त नोटहरु भन्दा सिक्काहरु पनि छन् त ?
नेपाली पैसा थुप्रै छ । त्यसमा नयाँ पुराना पैसा छ । यहाँ श्रीपेच भएको पैसा पनि छ । नभएको पैसा पनि छ । सिक्काहरुका साथै विदेशी पैसाहरु पनि छन् । म विदेश २/४ वटा देश गएर अलि अलि विदेशी पैसा पनि जम्मा गरेको हुँ । खर्च गरेर बचेको बाँकी पैसा भनौंन । कुनै पहिला होटल गर्दाको पैसा पनि राखेको छु । सिक्काहरु पनि धेरै छ मसँग । विदेशी, नेपाली दुवै छ ।

पुरानो रुपयाँ कसरी संकलन गर्नुभयो ?
नोट संकलन गर्ने सोख मलाई पहिलादेखि नै थियो । जसका कारण अलि अलि थुपारेर राख्ने रुची पुरा भयो । बुबाले पनि जम्मा गरेर राख्नु भएको पैसा यसमा टासेका छु । बुबा आमाको ढुकुटी नै खोलेर राखेको त होइन । मैसँग भएको पैसा हो यो ।

यसलाई पैसा सुरक्षित गर्ने नयाँ उपाय हो भन्दा हुन्छ ?
प्याक गरेर राख्नु पर्छ भन्ने लागेको थियो । तर भित्तामा टासेको पैसा फेरि किन राख्नु पर्‍यो भनेर सोचे अनि यस्तै टास्दै गएँ । यो निकाल्यो भने भित्तामा रङ्ग राख्नु पर्‍यो । बेकारमा पैसा किन खर्च गर्नु बरु यो पैसा त्यत्तिकै राख्यो भने काम लाग्ला नि भनेर ननिकालेको । मेरो पैसा मेरै घरमा राखौंन भन्ने लाग्यो । फरी यस्तो पैसाको सावा व्याज केहि आउदैन । यहाँ तल सानो गरगहनाहरुको पसल राख्न लागेको छु । त्यही पसलको साथमा भित्रपटि सानो संह्रालय पनि खोल्ने विचार छु ।

पैसाको संह्रालय ?
हो । सोच त्यहाँसम्मको छ । ठूलो नहोला त्यो चाहिँ बेग्लै कुरा हो । तर संह्रालय खोलेरै छोड्छु ।

भित्तामा टास्नुभएको पैसा हेर्न त पाइयो तर, यसको सुरक्षा त भएन नि ?
मेरो यो कोठामा श्रीमती, छोरा र म बाहेक कोही आउँदैनन् । कोही अरु आफन्त आए पनि मेरो कोठाभित्र हत्तपत्त आउदैँनन् । तानेर निकाल्दा पैसा बिग्रिन्छ । तर अलिकति पनि नबिगारी निकाल्ने उपाय पनि मसँग छ । कोरोना कालको लकडाउने यसरी पैसा भित्तामा राख्न सिकायो । त्यो बेला र अहिले आउदाँ आफुले ठिकै गरे जस्तो लाग्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…

नराखे नि हुन्थ्यो जस्तो लाग्दैन ?
यो एकदम राम्रो हो भन्ने लाग्छ । किन कि यो पैसा निकाल्दा धेरै समय लाग्छ । समय जान्छ, फेरि रङ्ग राख्नुपर्यो त्यसैले त्यो पैसा बच्यो । पैसा निकाल्यो भने खर्च भएर जान्छ । यहाँ भएपछि निकालेर खर्च गर्न पनि त दुई पटक सोच्नु पर्ने भयो नि ।

सबैले पैसा बैंकमा राख्छन् नि ?
सहकारीमा राखे सहकारी धाउनुपर्ने अवस्था हुन्छ । बैंकमा राखे कहिले डुब्छ थाहा हुन्न । मेरो पैसा म आफैसँग राख्छु । बैंकमा राखेको १,२ लाख होला । त्यो घरमा खर्च हो । व्याजको लोभमा बसेर पछि किन पछुताउने ? मेरो आफ्नो दृष्टिकोणमा यही सही लाग्यो ।

कुन कुन समयदेखि तपाईंले यसरी पैसा राख्नु भयो ?
लकडाउनमा पैसा संकलन गरे । त्यो बेला एक महिना यसमा लाग्यो । त्यसपछि निरन्तर लागेको छु । विभिन्न देशको पैसा छ । कुन समयको हो भन्ने कुरा त्यसैमा लेखेको छ । राजाको पालाका पैसाहरु विशेषगरी राखेको छु । यो मेरो व्यापार होइन, रहर मात्र हो । यसको बारेमा मैले अध्ययन गरेको छैन । जे होस् आफुलाई चित्त बुझेको पैसा सुरक्षित राखेको छु ।

यो तपाईँको पूर्खाले संग्रह गरेर राखेको पैसा हो ?
पूर्खाले संग्रह गरेर राखेको त होइन । यो मेरो आफ्नै रहरले संकलन गरेर राखेको चाहीँ हो ।

यसबाट तपाईंलाई के फाइदा भयो ?
यसको फाइदा भनेको मेरो आत्मसन्तुष्टि हो । यसबाट मेरो मनलाई आनन्द आयो । पैसा हेर्न पायो भनेर होइन, आफ्नो रहर पुरा गरे । जे होस् अहिले एउटा इतिहास बनेको छ । राजाहरुको पालाको पैसा संकलन भएको छ । मैले सुनेको छालाको पैसा, माटोको पैसा त्यसको पनि खोजीमा छु । त्यो कहाँ लिन जानु ? जे होस् मलाई थाहा नभएका, आजभोलिका बच्चालाई थाहा नभएका पैसाहरु पनि संग्रहित छन् ।

उदेश्य के हो ?
हेर्न रहर भएका मान्छेले हेरुन, देखुन् भन्ने चाहना हो ।

भावि योजना ?
यदि कसैले पैसा प्रदर्शनी आयोजना गर्‍यो भने त्यस प्रदर्शनीमा भाग लिने योजना छ । यो अहिलेसम्म भएको छैन । त्यस्तो नभएपनि आफ्नै सानु संग्राहालय बनाउँदै छु । हेर्न आउँनेले सहजै हेर्न पाउन् ।

राम्रो कामको लागि यहाँलाई धन्यवाद ।
यहाँलाई पनि धन्यवाद । मेरो सानो प्रयासलाई मिडियामा ल्याइदिएकोमा विशेष धन्यवाद ।

 

 


Thali Mobile Pvt.Ltd.