भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाण्डौमा हैजाको जोखिम बढ्दै, तीन जना हैजाका बिरामी भेटिए

काठमाण्डौमा हैजाको जोखिम बढ्दै, तीन जना हैजाका बिरामी भेटिए

काठमाण्डौ । काठमाण्डौमा हैजाका बिरामी भेटिएका छन् । परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा उरीक्षण गर्दा हैजाका विरामी भेटीएको स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएकाे छ ।

हैजाको जीवाणु सङ्क्रमित खाना वा पानी, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गर्दछ । सङ्क्रमितको समयमै उपचार नभएमा ज्यान पनि जान सक्छ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने लक्षण रहेको छ ।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका ७ जना बिरामी भेटिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.