काठमाडौं । नेपाल प्रिमियर लिगमा आज इलिमिनेटर खेल हुँने भएका छन् । खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा भिडन्त हुन लागेको हो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन् । लिग चरणको भेटमा चितवनविरुद्ध कर्णालीले बाजी मारेको थियो। कर्णालीविरुद्ध सुरुमा ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा बनाएको १३१ रनको लक्ष्य कर्णालीले चार विकेटको क्षतिमा एक बल बाँकी हुँदा १३२ रन बनाएर पुरा गरेको थियो ।
कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन बनाएका थिए। यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोड्दा जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाएका थिए। बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी(इटनले एक एक विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।चितवनका लागि रबि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् ।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट हात पारेका थिए। रोचक त के छ भने लिगमा तीन खेल खेलेको कर्णालीले चितवनविरुद्ध पहिलो जित निकालेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो...
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पेशी शुक्रबारका लागि तोकिएको छ ।घिसिङले वारेसमार्फत बुधबार बुझाएको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । घिसिङले प्रधानमन्त्री...
काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन । किसानका उत्पादनको उचित...