भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती

आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा महेश्वरी खेलमैदान हनुमानघाटमा आयोजना गरिएको भक्तपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहने भएको छ ।

मंसिर २८ देखि पौष २ गतेसम्म संचालन भइरहेको महोत्सवको आज अन्तिम दिन हो । त्यहि भएरपनि कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको हो । उक्त मेलामा आज २ गतेका मुख्य आकर्षक कलाकारहरु गायक विनोद कुमार विकले मेची नछाेड, सुस्ता हाम्रै हाे, खेर जाने क्रान्ति हाेइन लगायतका विभिन्न गित प्रस्तुत गर्ने छन्र भने  कर्णराज गिरी, सानू केसी, सत्यनारायण मानन्धर, सुरेन्द्र मानन्धरले विभिन्न लाेक तथा दाेहाेरी गितहरु गाउँने छन् ।

उद्घोषक विनोदलामाका साथमा नान्सर रचना र सविनाको वेजोड डान्स रहने छ । आजको मेला हेर्न अनिवार्य उपस्थित हुन कलाका पारखीहरुलाई व्यवस्थापक भक्तपुर युवा टिमले सबैमा अनुरोध गरेको छ । आज लाखौं दर्शकले मेलामा खास रमझम देख्न पाउँने संगम लामाले बताए ।

 


Thali Mobile Pvt.Ltd.