भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

मध्यपूर्वका नेपाली सुरक्षाबारे एनआरएनएको सरकारलाई ध्यानाकर्षण

मध्यपूर्वका नेपाली सुरक्षाबारे एनआरएनएको सरकारलाई ध्यानाकर्षण

काठमाडौं, २० फागुन । मध्यपूर्वका नेपाली सुरक्षा सुनिश्चित गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्लो क्षेत्रीय परिस्थितिका कारण त्यहाँ कार्यरत नेपाली नागरिकमा त्रास र अनिश्चितता बढेको संघले जनाएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग भेट गरी समन्वय र आपतकालीन तयारीका विषयमा छलफल गरेको हो । अध्यक्ष केसीले मध्यपूर्वका नेपाली सुरक्षा सुदृढ बनाउन बहुपक्षीय संयन्त्र तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

संघले परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच उच्चस्तरीय समन्वय स्थापना गर्न आग्रह गरेको छ । आवश्यक परेमा उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा सहयोग गर्न संघ तयार रहेको पनि उनले बताए ।

परराष्ट्र सचिव राईले पश्चिम एसियामा विकसित अवस्थापछि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम अघि बढाइएको जानकारी दिए । मन्त्रीस्तरीय निर्णयअनुसार सचिवको संयोजकत्वमा गठन भएको उक्त टिममा एनआरएनएलाई समेत समेटिने उनले स्पष्ट पारे ।

उक्त टिमले सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चाल्नेछ । साथै, मध्यपूर्वका नेपाली सुरक्षा सम्बन्धी सूचना र सहायता उपलब्ध गराउन व्यवस्था मिलाइएको जनाइएको छ । सरकारले अनलाइन पोर्टलमार्फत समस्या तथा जिज्ञासा दर्ता गर्न सक्ने सुविधा समेत सुरु गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.