भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने

न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने

काठमाडौं, २० असाेज । न्यायपरिषद्ले अदालतहरूमा रहेका न्यायाधीशको दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च तथा जिल्ला अदालतको कार्यबोझ र आवश्यक जनशक्तिको अवस्थाबारे अध्ययन गरी न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

परिषद्का अनुसार उच्चस्तरीय समितिले अदालतको कार्यबोझ, मुद्दाको चाप तथा आवश्यक जनशक्तिको अध्ययन गरी न्यायाधीशको दरबन्दी पुनरवलोकनका लागि सुझाव दिनेछ । समितिलाई आफ्नो काम सम्पन्न गर्न तीन महिनाको समय दिइएको छ ।

बैठकले दूरसञ्चार प्राधिकरणले गरेको आदेशउपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा उच्च अदालतका न्यायाधीश गीताप्रसाद तिम्सिनालाई तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.