भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओलीका सुरक्षाकर्मीलाई अवरोध गरेपछि महेश माथि मुद्दा

ओलीका सुरक्षाकर्मीलाई अवरोध गरेपछि महेश माथि मुद्दा

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गरेका महेश राईमाथि सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा लगाइएको छ । मध्यपहाडी संकल्प यात्राका क्रममा गत २८ मंसिरमा धनकुटा पुगेका ओलीमाथि राईले आक्रमणको प्रयास गरेका थिए ।

लगत्तै पक्राउ परेका राईमाथि अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ‘राष्ट्र सेवकमाथि आक्रमण गरेको’ प्रतिवेदन तयार गरेको हो ।त्यही प्रतिवेदनको आधारमा राईलाई जिल्ला सरकारी वकिलको कार्यालय, धनकुटाले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको सहायक जिल्ला न्यायाधिवक्ता केशव खतिवडाले बताए ।

मुलुकी अपराध संहिता ऐनको दफा ६६ मा राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने भन्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैरकानुनी भेला रोक्ने, भंग गर्ने

वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्‍याउन वा पुर्‍याउने उद्योग गर्नु हुँदैन ।’ त्यसो गरेमा एक वर्षसम्म कैद, १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था कानुनमा छ ।

 


Thali Mobile Pvt.Ltd.