भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

२७ नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिए

२७ नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिए

काठमाडौं, ३० कार्तिक । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आइतबार हो। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको म्याद यही दिन सकिसक्नेछ।

हालसम्म पाँच नयाँ पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्। ती पार्टीहरू मध्ये छन्: श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी जुन १० वाम दल मिलेर बनेको हो , त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (उक्त पार्टीमा रेशम चौधरी संरक्षक छन्), र अन्त्यमा नेपाल राष्ट्रिय जनमुक्ति पार्टी, जुन नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर बनेको हो।

यसका साथै, जनस्वराज पार्टी पनि जनमत पार्टीबाट छुटेर गठन भई आयोगमा दर्ता भइसकेको छ।यी नयाँ थपिएका दलसँगै, निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या १२६ पुगेको छ। निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै बाँकी दलहरूले आजसम्म दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

मतदाता नामावली संकलनका लागि आयोगले पाँच दिनको अतिरिक्त समय दिएको छ, तर दल दर्ता गर्ने अन्तिम मिति भने परिवर्तन गरिएको छैन।

भोलिदेखि सुरु हुने नाम दर्ता कार्यक्रममा, भीडका कारण शनिबार पनि बायोमेट्रिक सेवा गरिएको थियो। आयोगले आफ्नो सूचनामा उल्लेख गरेको छ कि म्याद थप अवधिमा नाम दर्ता गर्न सक्ने मानिसहरुले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर आवेदन दिन सक्छन्, वा पूर्व प्रयोग भएको प्रि-रजिस्ट्रेसन सिस्टम मार्फत पनि बायोमेट्रिक सेवा लिन सकिन्छ। साथै, मतदाता नामावलीमा नाम दर्ता गर्न अनलाइन आवेदन २४ घण्टा खुला गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.