भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जम्मू–कश्मीरको नौगाम प्रहरी चौकीमा भीषण विस्फोट : ९ जनाको मृत्यु, २९ घाइते

जम्मू–कश्मीरको नौगाम प्रहरी चौकीमा भीषण विस्फोट : ९ जनाको मृत्यु, २९ घाइते

काठमाडौँ, २९ कार्तिक । जम्मू–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ। घटनामा २९ जना घाइते भएका छन्, जसमा अधिकांश प्रहरी अधिकारी रहेका भारतीय अधिकारीहरूले जनाएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना परीक्षण गर्ने क्रममा अचानक विस्फोट भएको बताइएको छ। विस्फोटक पदार्थ कति मात्रामा थियो भन्ने भने अझै स्पष्ट भएको छैन।

उक्त विस्फोटक पदार्थ हरियाणाको फरीदाबादमा पक्राउ परेका तथा दिल्ली विस्फोट प्रकरणमा पहिले नै नियन्त्रणमा परेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको र त्यसलाई परीक्षणका लागि नौगाम प्रहरी चौकीमा राखिएको बताइएको छ।

घटनास्थलमा थप अनुसन्धान जारी छ भने घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृत्यु संख्या बढ्न सक्ने अधिकारीहरूले बताइहेका छन्।

 


Thali Mobile Pvt.Ltd.