भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने विज्ञको अनुमान,धान बाली सप्रिने तर्क

यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने विज्ञको अनुमान,धान बाली सप्रिने तर्क

काठमाडौं । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले धान बाली सप्रिने विज्ञको तर्क छ ।

धान वैज्ञानिक डा रामवरण यादवले औसतभन्दा बढी पानी पर्दा धान खेतीमा सहयोग पुग्ने बताए । एकै पटक धेरै पानी पर्ने या खडेरी पर्ने भएमा धानबालीमा असर गर्ने नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले बताए । पछिल्लो समय सुक्खा खडेरी पर्ने कि त एकै पटक भारी वर्षा हुने समस्या देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।

नेपालमा मौसमी अनुमानलाई किसानले वास्ता नगर्दा बालीमा क्षति भएको पाइएको छ । यो वर्ष पनि किसानले मौसम सम्बन्धी जानकारी नियमित रुपमा राख्नुपर्ने उनको सुझाव छ ।गत वर्षको तुलनामा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४।३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

नार्कले हरेक शुक्रबार ‘कृषि–मौसम सल्लाह बुलेटिन’ सार्वजनिक गर्ने गरेको छ । सो बुलेटिनलाई आधार मानेर स्थानीय पालिकाले आफ्नो क्षेत्रका किसानलाई मौसमबारे सचेत गराउनुपर्ने रिमालको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.