यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने विज्ञको अनुमान,धान बाली सप्रिने तर्क

यो मनसुनमा सरदरभन्दा बढी वर्षा हुने विज्ञको अनुमान,धान बाली सप्रिने तर्क image

काठमाडौं । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले धान बाली सप्रिने विज्ञको तर्क छ ।

धान वैज्ञानिक डा रामवरण यादवले औसतभन्दा बढी पानी पर्दा धान खेतीमा सहयोग पुग्ने बताए । एकै पटक धेरै पानी पर्ने या खडेरी पर्ने भएमा धानबालीमा असर गर्ने नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले बताए । पछिल्लो समय सुक्खा खडेरी पर्ने कि त एकै पटक भारी वर्षा हुने समस्या देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।

नेपालमा मौसमी अनुमानलाई किसानले वास्ता नगर्दा बालीमा क्षति भएको पाइएको छ । यो वर्ष पनि किसानले मौसम सम्बन्धी जानकारी नियमित रुपमा राख्नुपर्ने उनको सुझाव छ ।गत वर्षको तुलनामा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४।३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

नार्कले हरेक शुक्रबार ‘कृषि–मौसम सल्लाह बुलेटिन’ सार्वजनिक गर्ने गरेको छ । सो बुलेटिनलाई आधार मानेर स्थानीय पालिकाले आफ्नो क्षेत्रका किसानलाई मौसमबारे सचेत गराउनुपर्ने रिमालको सुझाव छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ image

    भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...

  • फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान image

    फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

    काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...

  • पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत image

    पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

    बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...


hotelghyampedanda