काठमाडौं । कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन्। उनले दलका नेताको भ्रष्टाचार कान्तिपुरले लुकाउन नसक्ने बताएका छन् । आफ्नो बुबा नेपाली नागरिक भएकाले जिल्ला प्रशासनबाट नागरिकता लिएको उनले बताए ।
उनले सिडियोसँग भएको नागरिकताको नम्बर मिलेको डकुमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको हातमा कसरी पुग्यो भनि प्रश्न पनि गरेका छन् । उनले प्रहरीले अनुुसन्धान नै नगरी झुटो मुद्दा कसरी फाइल भयो भनि प्रश्न गरेका छन् ।
My statement. pic.twitter.com/i23oyIVidn
— SambhavSwarSirohiya (@swarsirohiya) June 7, 2024
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनःनिर्माण यात्रा एक दशकमा प्रवेश गरेको सन्दर्भमा “पुनःनिर्माणको एक दशकको पुनरावलोकन” तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक...
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत महिनासम्म समग्र आम्दानीमा ६।२ प्रतिशतको वृद्धि गरेको छ। यस वर्ष चैत मसान्तसम्मको आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको...
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले एक नया संकटको मोडमा पुगेको छ। जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणले दुई परमाणु शक्ति सम्पन्न देशहरूको बीचमा तनावलाई अझ चर्काएको छ।...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकमा सघन उपचार...