भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

गृहमन्त्री लामिछानेको सेटिङ नगर्दा कैलाश सिरोहियालाई पक्राउ गरिएको सम्भव सिरोहियाको दाबी

गृहमन्त्री लामिछानेको सेटिङ नगर्दा कैलाश सिरोहियालाई पक्राउ गरिएको सम्भव सिरोहियाको दाबी

काठमाडौं । कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले बताएका हुन्। उनले दलका नेताको भ्रष्टाचार कान्तिपुरले लुकाउन नसक्ने बताएका छन् । आफ्नो बुबा नेपाली नागरिक भएकाले जिल्ला प्रशासनबाट नागरिकता लिएको उनले बताए ।

उनले सिडियोसँग भएको नागरिकताको नम्बर मिलेको डकुमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको हातमा कसरी पुग्यो भनि प्रश्न पनि गरेका छन् । उनले प्रहरीले अनुुसन्धान नै नगरी झुटो मुद्दा कसरी फाइल भयो भनि प्रश्न गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.