भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन

पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन image

काठमाडौं । पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले देशका विभिन्न भागबाट खानका समर्थकहरूलाई इस्लामावादतर्फ अघि बढेको देखाएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

विरोध प्रदर्शनमा सहभागीले खानलाई जेलमुक्त नगरेसम्म शान्त भएर नबस्ने बताएका छन् । इस्लामाबाद प्रशासनले शहरमा हुने सम्भावित अशान्ति रोक्न मुख्य प्रवेश मार्गहरूमा कन्टेनरहरू राखेर र प्रहरी परिचालन गरेको छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda