भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन

पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौं । पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले देशका विभिन्न भागबाट खानका समर्थकहरूलाई इस्लामावादतर्फ अघि बढेको देखाएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

विरोध प्रदर्शनमा सहभागीले खानलाई जेलमुक्त नगरेसम्म शान्त भएर नबस्ने बताएका छन् । इस्लामाबाद प्रशासनले शहरमा हुने सम्भावित अशान्ति रोक्न मुख्य प्रवेश मार्गहरूमा कन्टेनरहरू राखेर र प्रहरी परिचालन गरेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.