काठमाडौं । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ घाइते भएका पुष्टि गरेका हुन् ।
उनले यो घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । अमेरिकामा एकै दिन साढे पाँच सय जना पक्राउ परेका छन् । अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियानमा एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ परेका हुन ।...
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने उनको आदेशलाई अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको...
एजेन्सी । अमेरिकामा आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको हो । आगलागीबाट अहिलेसम्म...
एजेन्सी । भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन्। मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको बताएको छ । मन्त्रालयले...