भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तान र अफगान सरकारबीच सीमा तनावपछि ४८ घण्टे युद्धविरामको घोषणा

पाकिस्तान र अफगान सरकारबीच सीमा तनावपछि ४८ घण्टे युद्धविरामको घोषणा

एजेन्सी । पाकिस्तान र तालिबान नेतृत्वको अफगान सरकारबीच ४८ घण्टे युद्धविराम गर्ने सहमति भएको छ। सीमा क्षेत्रमा भएको घातक झडपपछि बुधबार साँझ ६ बजेदेखि लागू हुने गरी युद्धविरामको घोषणा इस्लामाबादले गरेको हो।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै देशले जटिल तर समाधान गर्न सकिने मुद्दाहरूलाई संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। तर, यस विषयमा तालिबान सरकारबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन, रोयटर्सले उल्लेख गरेको छ।

मंगलबार राति दक्षिणपूर्वी अफगानिस्तानको स्पिन बोल्डक र पाकिस्तानको चमन जिल्लाका दुर्गम क्षेत्रमा भएको तीव्र झडपमा दर्जनौँको मृत्यु र सयभन्दा बढी घाइते भएका थिए। तालिबान सरकारका अनुसार झडपमा १२ जना अफगानी नागरिकको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्।

स्पिन बोल्डकका प्रेस प्रवक्ता अली मोहम्मद हकमालका अनुसार मृतकको संख्या १५ पुगेको छ। एएफपीले उद्धृत गरेको जिल्ला अस्पताल स्रोतका अनुसार घाइतेमध्ये ८० जना महिला र बालबालिका रहेका छन्।

तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगान सेनाले जवाफी कारबाहीमा पाकिस्तानी सैनिकहरू मारिएको, हतियार र ट्यांकहरू कब्जा गरिएको तथा केही सैन्य प्रतिष्ठान नष्ट गरिएको दाबी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.