भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पाकिस्तान र अफगान सरकारबीच सीमा तनावपछि ४८ घण्टे युद्धविरामको घोषणा

पाकिस्तान र अफगान सरकारबीच सीमा तनावपछि ४८ घण्टे युद्धविरामको घोषणा

एजेन्सी । पाकिस्तान र तालिबान नेतृत्वको अफगान सरकारबीच ४८ घण्टे युद्धविराम गर्ने सहमति भएको छ। सीमा क्षेत्रमा भएको घातक झडपपछि बुधबार साँझ ६ बजेदेखि लागू हुने गरी युद्धविरामको घोषणा इस्लामाबादले गरेको हो।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै देशले जटिल तर समाधान गर्न सकिने मुद्दाहरूलाई संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। तर, यस विषयमा तालिबान सरकारबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन, रोयटर्सले उल्लेख गरेको छ।

मंगलबार राति दक्षिणपूर्वी अफगानिस्तानको स्पिन बोल्डक र पाकिस्तानको चमन जिल्लाका दुर्गम क्षेत्रमा भएको तीव्र झडपमा दर्जनौँको मृत्यु र सयभन्दा बढी घाइते भएका थिए। तालिबान सरकारका अनुसार झडपमा १२ जना अफगानी नागरिकको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्।

स्पिन बोल्डकका प्रेस प्रवक्ता अली मोहम्मद हकमालका अनुसार मृतकको संख्या १५ पुगेको छ। एएफपीले उद्धृत गरेको जिल्ला अस्पताल स्रोतका अनुसार घाइतेमध्ये ८० जना महिला र बालबालिका रहेका छन्।

तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगान सेनाले जवाफी कारबाहीमा पाकिस्तानी सैनिकहरू मारिएको, हतियार र ट्यांकहरू कब्जा गरिएको तथा केही सैन्य प्रतिष्ठान नष्ट गरिएको दाबी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.