भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पाकिस्तानका महिलामा उत्साह जाग्यो, समान अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

पाकिस्तानका महिलामा उत्साह जाग्यो, समान अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

एजेन्सी । पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित हुने पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले दाबी गरेका छन् । महिलाको रचनात्मक भूमिका बिना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको भन्दै प्रधानमन्त्री शरिफले महिलालाई आफनो हक अधिकारका लागि आवाज बुलन्द गर्न पनि उनले आग्रह गुरेका छन् ।

महिलाका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ । पाकिस्तानमा विगत केही दशकदेखि महिलाका हक अधिकार हनन भएको भन्दै पाकिस्तान सरकारको आलोचना हुने गरेकोमा प्रधानमन्त्री शरिफको यो भनाइले महिलामा उत्साह जागेको छ ।

सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्न ठोस कदम चाल्ने वचन दिंदै प्रधानमन्त्री शरिफले महिलाको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.