भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तानका महिलामा उत्साह जाग्यो, समान अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

पाकिस्तानका महिलामा उत्साह जाग्यो, समान अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

एजेन्सी । पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित हुने पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले दाबी गरेका छन् । महिलाको रचनात्मक भूमिका बिना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको भन्दै प्रधानमन्त्री शरिफले महिलालाई आफनो हक अधिकारका लागि आवाज बुलन्द गर्न पनि उनले आग्रह गुरेका छन् ।

महिलाका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ । पाकिस्तानमा विगत केही दशकदेखि महिलाका हक अधिकार हनन भएको भन्दै पाकिस्तान सरकारको आलोचना हुने गरेकोमा प्रधानमन्त्री शरिफको यो भनाइले महिलामा उत्साह जागेको छ ।

सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्न ठोस कदम चाल्ने वचन दिंदै प्रधानमन्त्री शरिफले महिलाको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.