भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नागरिकताको विषयमा छानबिन हुनैपर्छः डा. शेखर

नागरिकताको विषयमा छानबिन हुनैपर्छः डा. शेखर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नागरिकताका विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकताका विषयमा गृहले राम्रोसंग छानविन गर्नुपर्ने तर्क गरेका हुन ।

गृहमन्त्रीले प्रतिशोधका रुपमा भन्दा पनि सत्यको आधारमा काम गर्न लामिछानेलाई आग्रह गरेको प्रेस युनियनका एक नेताले बताए । कानुनी छुट कसैलाई नहुने भन्दै कोइरालाले देशको कानुन सवैलाई लाग्ने बताए । नागरिकता दुईवटा भएको दाबी गर्दै परेको रिट निवेदनको सही छानविन हुनु पर्ने उनको तर्क छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध हुनु हुदैन भन्दै सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताए ।

यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं भन्दै कोइरालाले कैलाश सिरोहिया पनि कानुनको भागिदारी बन्ने पर्ने बताए । यसैबीच कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्यप्रति कांग्रेसले सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे।

 


Thali Mobile Pvt.Ltd.