भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

ठूलाे मात्राको लागुऔषधसहित २ जना पक्राउ

ठूलाे मात्राको लागुऔषधसहित २ जना पक्राउ

ललितपुर । लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।

मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका २५ नख्खुबाट प्रहरीले पक्राउ गरेको हो ।

भैसेपाटिबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ ।

उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रयोगकर्ता र बिक्रेतासमेत पक्राउ परेको प्रहरीको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.