भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पञ्चेबाजामा रमाउँदै पैयुँपाटाका विद्यार्थी

पञ्चेबाजामा रमाउँदै पैयुँपाटाका विद्यार्थी

बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजा संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्रछात्रा अतिरिक्त अध्ययनका लागि विद्यालयमा बाजा बजाउने कला सिकिरहेका छन् । हालै विद्यालयले आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाहरुले पञ्चेबाजा बजाएका थिए ।

शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिकाइरहेका छन् । बिदाको समयमा सिकाउने गरेका छन् । कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का बिहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याम्को बजाउँदै आएका छन् । कक्षा १० कि रेश्नुका परियार झ्याली बजाउँछिन् । कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन् ।

कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत बिहान परियार (ख)ले दमाहा बजाउने गरेका छन् । घरमा राखेको बेलामा बजाउँन सिकेको शिक्षक थमबहादुरले बताए । पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षणमा आशा जागेको छ । बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताइन् ।

सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ । सीप र ताल मिले जसले पनि बाजा बजाउन सक्ने बताइन् । अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेका छन् । विद्यालयमा बाजा बजाउने अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि प्रधानाध्यापक तिलक आचार्यले पञ्चेबाजा सङ्कलन अभियानसमेत सुरु गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.