भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

पर्वत र सुनसरीमा सवारी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

पर्वत र सुनसरीमा सवारी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

पर्वत / सुनसरी,  १५असार । देशका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। पर्वत जिल्लाको फलेवास नगरपालिका–८ नेपानेमा गएराति ग १ ज ६९७ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।

लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको जीप सडकबाट झन्डै १५० मिटर तल खसेको थियो। दुर्घटनामा फलेवास–८ का ३९ वर्षीय डोलबहादुर क्षेत्री गम्भीर घाइते भई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। उनीहरू पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत छन् र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्। गएराति विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किँदा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी, र इनरुवा–६ का ५१ वर्षीय बिन्दु यादवको ज्यान गएको हो।

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र अर्को मोटरसाइकलमा सवार इटहरी–७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन्। उनीहरूको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। पुलिसले दुवै घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.