भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ह्याङ्ला रिमठिम तामाङ डम्फू संघ नेपालको उद्घाटन सम्पन्न, भाषा र संस्कृतिको जगेर्नामा जोड

ह्याङ्ला रिमठिम तामाङ डम्फू संघ नेपालको उद्घाटन सम्पन्न, भाषा र संस्कृतिको जगेर्नामा जोड

काठमाडौँ, १४ असार । तामाङ समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र कला–संंगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको ह्याङ्ला रिमठिम तामान डम्फू संघ नेपालको उद्घाट भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नी लामाले तामाङ भाषाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयाे “तामाङ जुहारी हेर्दा, भाषालाई जगेर्ना गर्दा निकै खुशी लाग्छ।

विदेशी भाषाभन्दा आफ्नै मातृभाषा राम्रो लाग्छ, तामाङहरूले अनिवार्य रूपमा सिक्नुपर्छ। पछिल्लो पुस्तालाई सिकाउनैपर्छ, विदेशसम्म फैलाउनुपर्छ।”

उपप्रमुख लामाले तामाङ जातिका सबैलाई एक ठाउँमा उभिन आह्वान गर्दै सहयोगका लागि आफू सधैं तत्पर रहेको बताउनुभयो।

साथै, उहाँले सरकारको बजेट वितरण प्रणालीप्रति पनि गुनासो व्यक्त गर्दै भन्नुभयो: “मठ–मन्दिरलाई सजिलै बजेट छुट्याइन्छ, तर गुम्बा, छाेर्तेन र तामाङ संस्कृति जगेर्नासँग जोडिएका संरचनालाई बजेट दिइँदैन। प्रदेश प्रमुख हाम्रै समुदायका हुनुहुन्छ, तर हामीलाई नै सहयोग हुँदैन।”

कार्यक्रममा तामाङ दिदीबहिनीहरू र दाजुभाइले प्रस्तुत गरेको जुहारी, डम्फू नृत्य, र सांस्कृतिक गीत–संगीतले उत्सवलाई अझै उल्लासमय बनाएकाे थियाे ।

संघकाे पदाधिकारीहरूले वार्षिकोत्सवको अवसरमा आगामी दिनमा तामाङ समुदायको अधिकार, संस्कृति र पहिचानको सवालमा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.