भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी, पर्वतमा लाइन काटियो

गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी, पर्वतमा लाइन काटियो

नवलपरासी । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका ५ धौवादीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ। पुरानो बस्ती भएको गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत् सेवा नपुग्दा स्थानीयवासीले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए ।

पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका ४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत् सवस्टेशनबाट विद्युत् प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन् ।

आफ्नो घरमा विद्युत् सेवा उपलब्ध भएपछि गाउँका सर्वसाधारण खुसी भएका छन् । बिजुली नहुँदा कुटानी पिसानीदेखि पढाइ लेखाइमा समस्या भोग्दै आएका स्थानीयवासीले अब भने सहज महसुस गर्न पाएको वडाध्यक्ष पदमबहादुर रानाले बताए। बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको यसै वर्ष निर्माण पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत् विस्तारका लागि सहज भएको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए ।

यता बक्यौता रकम नतिरेपछि कुश्मा नगरपालिका पर्वत क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडकबत्तीको लाइन काटिदिएको जनाएको छ । नगरपालिकाले २०७५ सालदेखि नगरपालिकाअन्तर्गत रहेका प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि सडकबत्तीको लाइन काटेको हो ।

 


Thali Mobile Pvt.Ltd.