भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्सा प्रहरीले ९ हजार गाँजाको बोट नष्ट गर्‍यो

पर्सा प्रहरीले ९ हजार गाँजाको बोट नष्ट गर्‍यो

पर्सा । पर्सा प्रहरीले लागुऔषध गाँजा फँडानी अभियानका क्रममा नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।

अभियानअन्तर्गत अहिलेसम्म जिल्लाको विभिन्न ठाउँमा झन्डै नौ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका–३ रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरूपमा लगाएका छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले झन्डै ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० रामराजा केशरीले जानकारी दिनुभयो ।

यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका–३ र ४ मा स्थानीयवासीले १० कट्ठा खेतमा अवैधरूपमा लगाएका गाँजा र जिराभवानी गाउँपालिका–१ मा छ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाको बोट फँडानी गरी नष्ट गरेको थियो ।

पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरियालगायत ठाउँहरूमा गाँजा खेती भइरहेको छ । अवैधरूपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य ठाउँमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.