भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

काठमाण्डौका तीन पालिकामा अझै कार्यान्वयन भएन स्वास्थ्य बीमा कार्यक्रम

काठमाण्डौका तीन पालिकामा अझै कार्यान्वयन भएन स्वास्थ्य बीमा कार्यक्रम

काठमाण्डौ । देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाण्डौ जिल्लाका तीन पालिकामा अझै शुरु भएको छैन । काठमाण्डौ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै शुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार बीमा कार्यक्रमको शुरुआत गर्नुभएको हो ।

सबै नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि २०७२ सालदेखि बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले तीन पालिकाको प्रथम सेवा बिन्दुको निर्क्योल नभएकाले लागू गर्न समस्या भइरहेको छ । ुउपत्यकाका ठूला केन्द्रीय अस्पतालमा रिफर गरेर आएका बिरामीको चाप रहेको छ । ती अस्पताललाई प्रथम सेवा बिन्दु गराउन सकिँदैन,ु उहाँले भन्नुभयो, ती तीन पालिकाले चाँडै नै प्रथम सेवा विन्दु निर्क्योल गर्न लागिरहनुभएको छ । ती निर्क्योल भएपछि लागू हुन्छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल, निजामती कर्मचारी अस्पतालमा प्रथम सेवा बिन्दुबाट रेफर गरेर आएका बिरामीको चाप रहेकाले ती अस्पतालले तीनवटा पालिकाको प्रथम सेवा बिन्दु मान्न तयार नभएको उहाँको भनाइ छ ।

काठमाण्डौ महानगर पालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले चाँडै नै महानगरले बीमा कार्यक्रम लागू गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौताको तयारी गरेको जानकारी दिनुभयो । उहाँले वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा रहने जानकारी दिनुभयो ।

हामीले वडामा रहेकामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा बिन्दु मानेर बीमितको उपचार गर्ने तयारीमा रहेको छौँ, उहाँले भन्नुभयो,सबै तयारी पूरा भइसकेको छ । अब हामी बोर्डसँग यसै हप्ता सम्झौता गर्छौँ । उहाँका अनुसार ३२ वडामध्ये २४ वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र अन्य वडामा पनि तयारी शुरुआत गरिएको छ । बोर्डमा अहिलेसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाखमात्र सक्रिय रहेका छन् ।

२०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले एक लाख रुपैयाँसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउनेछन् । एकदेखि पाँचजनासम्म परिवारले प्रत्येक वर्ष बीमितबापत तीन हजार पाँच सय र पाँचजनाभन्दा बढी भएको खण्डमा प्रत्येक एकजना बराबर थप सात सय थप्नुपर्ने छ । रासस

 


Thali Mobile Pvt.Ltd.