भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई युवक पक्राउ

टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई युवक पक्राउ

बाँके, २२ बैशाख । सामाजिक सञ्जाल टिकटक मा हतियारसहितका भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। उनीहरूले आफ्नो टिकटक आईडीमार्फत हातमा हतियार समातेको तथा सर्वसाधारणलाई आतंकित पार्ने खालका गतिविधि देखाउने भिडियोहरू सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘अजय मगर’ र अनिल खटिकले ‘अनिल सोनखर’ नामका टिकटक आईडी प्रयोग गरेका थिए। यस्ता सामग्रीले आम जनमानसमा असुरक्षाको भावना पैदा गरेको भन्दै प्रहरी निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याउने यस्ता गतिविधिलाई गम्भीर रूपमा लिएको जनाएको छ। बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका दुवै जनालाई मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराई म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.