भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई युवक पक्राउ

टिकटकमा हतियार देखाएर त्रास फैलाउने दुई युवक पक्राउ

बाँके, २२ बैशाख । सामाजिक सञ्जाल टिकटक मा हतियारसहितका भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। उनीहरूले आफ्नो टिकटक आईडीमार्फत हातमा हतियार समातेको तथा सर्वसाधारणलाई आतंकित पार्ने खालका गतिविधि देखाउने भिडियोहरू सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘अजय मगर’ र अनिल खटिकले ‘अनिल सोनखर’ नामका टिकटक आईडी प्रयोग गरेका थिए। यस्ता सामग्रीले आम जनमानसमा असुरक्षाको भावना पैदा गरेको भन्दै प्रहरी निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्‍याउने यस्ता गतिविधिलाई गम्भीर रूपमा लिएको जनाएको छ। बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका दुवै जनालाई मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराई म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.