भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फिसिङ बढेपछि अनधिकृत लिङ्क नखोल्न नेपाल प्रहरीको चेतावनी

फिसिङ बढेपछि अनधिकृत लिङ्क नखोल्न नेपाल प्रहरीको चेतावनी

काठमाण्डौ, २३ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको दुरुपयोग गर्दै बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटनामा वृद्धि भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

ब्युरोले सार्वजनिक गरेको सूचनाअनुसार कनेक्ट आईपीएस सँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट सन्देश पठाउने तथा एलर्ट दिने गतिविधि बढेको पाइएको छ।

यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण, पासवर्ड तथा बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको भनाइ छ।

ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार यस्ता शङ्कास्पद लिङ्कहरू नखोल्न, अपरिचित स्रोतबाट आएका सन्देशमा विश्वास नगर्न र आफ्ना गोप्य विवरण कसैलाई पनि नदिन विशेष सचेतना अपनाउनुपर्ने आवश्यकता रहेको छ।

नेपाल प्रहरीले साइबर अपराधका यस्ता घटनाबाट जोगिन सबै प्रयोगकर्तालाई उच्च सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.