भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

फिसिङ बढेपछि अनधिकृत लिङ्क नखोल्न नेपाल प्रहरीको चेतावनी

फिसिङ बढेपछि अनधिकृत लिङ्क नखोल्न नेपाल प्रहरीको चेतावनी

काठमाण्डौ, २३ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको दुरुपयोग गर्दै बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटनामा वृद्धि भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

ब्युरोले सार्वजनिक गरेको सूचनाअनुसार कनेक्ट आईपीएस सँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट सन्देश पठाउने तथा एलर्ट दिने गतिविधि बढेको पाइएको छ।

यस्ता सन्देशमार्फत प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण, पासवर्ड तथा बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको भनाइ छ।

ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार यस्ता शङ्कास्पद लिङ्कहरू नखोल्न, अपरिचित स्रोतबाट आएका सन्देशमा विश्वास नगर्न र आफ्ना गोप्य विवरण कसैलाई पनि नदिन विशेष सचेतना अपनाउनुपर्ने आवश्यकता रहेको छ।

नेपाल प्रहरीले साइबर अपराधका यस्ता घटनाबाट जोगिन सबै प्रयोगकर्तालाई उच्च सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.