भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा एक हप्ता अवरुद्ध हुन सक्ने

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा एक हप्ता अवरुद्ध हुन सक्ने

मुख्य बुँदा

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा प्रभावित हुने

एक हप्तासम्म प्रणाली अवरुद्ध हुन सक्ने विभागको भनाइ

जिल्ला र इलाका प्रशासन कार्यालयबाट सेवा प्रभावित

विदेशस्थित नेपाली नियोगबाट पनि सेवा ढिलो हुन सक्ने

पाँच महिनाभित्र राहदानी चाहिनेले पहिले नै सेवा लिन आग्रह

काठमाडौं, २९ फागुन । राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्तासम्म अवरुद्ध हुन सक्ने जनाएको छ। पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने प्रक्रियाका कारण सेवा केही समयका लागि प्रभावित हुन सक्ने विभागले जनाएको हो।

विभागले जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ।

यो अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिए पनि राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।

विभागले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। नयाँ प्रणाली कार्यान्वयनबारे थप विवरण भने पछि सार्वजनिक गरिने विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.