भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा एक हप्ता अवरुद्ध हुन सक्ने

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा एक हप्ता अवरुद्ध हुन सक्ने

मुख्य बुँदा

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा प्रभावित हुने

एक हप्तासम्म प्रणाली अवरुद्ध हुन सक्ने विभागको भनाइ

जिल्ला र इलाका प्रशासन कार्यालयबाट सेवा प्रभावित

विदेशस्थित नेपाली नियोगबाट पनि सेवा ढिलो हुन सक्ने

पाँच महिनाभित्र राहदानी चाहिनेले पहिले नै सेवा लिन आग्रह

काठमाडौं, २९ फागुन । राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्तासम्म अवरुद्ध हुन सक्ने जनाएको छ। पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने प्रक्रियाका कारण सेवा केही समयका लागि प्रभावित हुन सक्ने विभागले जनाएको हो।

विभागले जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ।

यो अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिए पनि राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।

विभागले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। नयाँ प्रणाली कार्यान्वयनबारे थप विवरण भने पछि सार्वजनिक गरिने विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.