भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बाला चतुर्दशीः पशुपतिमा बत्ती बाल्न २१ सय शुल्क, पसल राख्न नपाइने

बाला चतुर्दशीः पशुपतिमा बत्ती बाल्न २१ सय शुल्क, पसल राख्न नपाइने

काठमाडौंं । बाला चतुर्दशी पर्वमा पितृका नाममा बत्ती बाल्न पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० शुल्क लिने भएको छ । राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । यो व्यवस्था रुद्रगाडेश्वरमा गरिएको छ । आफैँ बत्ती कुरेर बस्नेले भने कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

श्रद्धालुलाई शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था मिलाएको छ ।यसैगरी यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध लगाएको छ। विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउनेहरूलाई असहज भएपछि यो वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले बताए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानूनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको छ । नेपाली सेनाले पाँचवटा ठूला पाल उपलब्ध गराएको छ । पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।